SHARE
अन्नपूर्ण · बिहीबार ९ असो २०८२ १२:०५ AM · 1 मिनेट पढाइ

जेनजी प्रदर्शनमा काठमाडौंको केन्द्रीय कारागारबाट भागेका एक कैदी पर्सामा पक्राउ

वीरगन्ज : जेनजी प्रदर्शनका क्रममा गत भदौ २४ गते काठमाडौंको केन्द्रीय कारागारबाट फरार भएकामध्ये एक कैदी पर्साबाट पक्राउ परेका छन्।पक्राउ पर्ने कैदीमा पर्साको कालिकामाई गाउँपालिका- ५ सेमराका ४० वर्षीय मुक्तिनारायण कुर्मी रहेका छन्। उनलाई सेमरास्थित आफ्नै घरमा लुकेर बसेको अवस्थामा बुधबार इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको पर्साका प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिए। बुधबार पक्राउ गरिएका कुर्मीलाई काठमाडौंको केन्द्रीय कारागारमा पठाइने उनले बताए।