SHARE
अन्नपूर्ण · आइबार​ १२ असो २०८२ १२:०७ AM · 1 मिनेट पढाइ

विदुरमा उपभोग्य सामग्रीको बजार अनुगमन

नुवाकोट : चाडपर्वमा उपभोक्ताको गुनासो आएपछि नुवाकोटको विदुरमा बजार अनुगमन गरिएको छ। विदुर नगरपालिकाले चाडपर्वमा दैनिक उपभोग्य सामग्रीको गुणस्तरीयतामा उपभोक्ताको गुनासो आएपछि विभिन्न बजारमा अनुगमन गरेको हो। चारवटा बजारमा छड्के अनुगमन गरिएको विदुर नपाका मेयर राजन श्रेष्ठको भनाइ छ। उनका अनुसार उपभोक्तामुखी सेवा प्रवाहमा सुधार ल्याउने उद्देश्यका साथ अनुगमन समितिले नियमित रूपमा बजार निरीक्षण तथा अनुगमन कार्य  गर्दै आएको छ।