जेन्जी आन्दोलनमा शहीद भएका परिवार भेट्दै प्रधानमन्त्री
काठमाण्डु – प्रधानमन्त्री सुसीला कार्कीले जेन्जी आन्दोलनमा शहीद भएका परिवारलाई भेट्न जाने भएकी छन्। उनले यस वर्षको बडादशैँमा टीका–जमरा नलगाउने निर्णय गरेको उनको सचिवालयले जनाएको छ। प्रधानमन्त्री कार्कीले युवा पुस्ताको आन्दोलनमा धेरै युवाले ज्यान गुमाएको पीडाका कारण टीका नलगाउने निर्णय गरेकी हुन्।
