SHARE
काठमाण्डुपाटी · बिहीबार १६ असो २०८२ ०९:१२ AM · 1 मिनेट पढाइ

कुमारी आर्यतारा शाक्यले सर्वसाधारणलाई लगाइदिइन् दशैंको टीका

काठमाण्डु – कुमारी आर्यतारा शाक्यले सर्वसाधारणलाई बिहीबार दशैंको टीका लगाइदिएकी छन् । हनुमानढोकास्थित कुमारीघरमा कुमारी आर्यताराले बिहीबार बिहान ११ बजेपछि सर्वसाधारणलाई दशैंको टीका लगाइदिएकी हुन् । जीवित देवीको रुपमा पुजिने कुमारीलाई भवानीको प्रतीकका रूपमा सम्मान गरिन्छ । महानवमीको रातमा जीवित देवी कुमारीलाई तलेजु भवानीको दर्शन गराइएको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी