SHARE
अन्नपूर्ण · आइबार​ १९ असो २०८२ १२:०६ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्रीको सम्बोधन- तपाईं एक्लो हुनुहुन्न, आवश्यक सहयोग लिन अप्ठ्यारो नमान्नुहोस्

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले विपद्को समयमा राज्यका सम्पूर्ण स्रोतहरू नागरिकहरूसँग रहेको बताएकी छन्। देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले अविरल वर्षाले उच्च जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरेकी छन्। उनले सरकारी निकायहरू उद्धार र राहतका लागि प्रतिकूल प्राकृतिक परिस्थितिका बाबजुद उच्च मनोबलका साथ पूर्ण तयारीको अवस्थामा रहेको बताएकी हुन्।