नुवाकोटका मुख्य सडकमा चार पांग्रे गाडी सञ्चालनमा रोक
नुवाकोट : भारी वर्षासँगै नुवाकोटका मुख्य सडक मार्गमा चार पांग्रे गाडी सञ्चालनमा रोक लगाइएको छ। सडक मार्गमा यात्रुहरूको सुरक्षाका लागि यातायात सञ्चालनमा रोक लगाइएको हो। रातको समयमा यातायात सञ्चालन गर्ने निर्णय गरेको एक दिनमै नुवाकोटमा अविरल वर्षातका कारण मुख्य सडकमार्गमा यात्रु तथा धनजनको सुरक्षाका कारण यातायात सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ।
