SHARE
पर्दाफास · बिहीबार २३ असो २०८२ ११:५३ AM · 1 मिनेट पढाइ

प्रहरीका ४ डीआईजी एआईजीमा बढुवा

मन्त्रिपरिषद्ले नेपाल प्रहरीका ४ जना डीआईजीहरुलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्ले सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विकलाई एआईजीमा बढुवा गरेको हो । उनीहरूलाई असोज १२ मा बढुवा समितिले एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो ।