SHARE
पर्दाफास · बिहीबार ६ कात्िक २०८२ ०८:४१ AM · 1 मिनेट पढाइ

दिदी-बहिनी नभएपछि दाजु-भाइले एकापसमा लगाए भाइटीका

तिहार दाजुभाइ र दिदीबहिनीको पर्व हो। यस पर्वमा दिदीबहिनीले दाजुभाइलाई टीका लगाएर दीर्घायूको कामना गर्छन्। तर तनहुँको व्यास नगरपालिका–१० सेवरका मदन र सुमन तिमिल्सिना दाजुभाइले एकापसमा भाइटीका लगाएका छन्। आज उनीहरुले शुभसाइतमा एकापसमा टीका लगाएका हुन्। सुरुमा दाजु मदनले भाइ सुमनलाई पानी र तेलको धारो चुहाउँदै फेरो मारे।