SHARE
पर्दाफास · बिहीबार ६ कात्िक २०८२ ०७:०२ AM · 1 मिनेट पढाइ

हराउँदै तिहारको मौलिकता, अङ्ग्रेजी र हिन्दी गीतमा देउसीभैलो

तिहार पर्वसँग देउसीभैलोको नजिकको सम्बन्ध छ। जब तिहार सुरु हुन्छ, तब गाउँसहर जताततै देउसीभैलोको रौनक सुरु हुन्छ। यसपालि पनि यमपञ्चक सुरु भएसँगै गाउँ तथा सहर सबैतिर देउसीभैलोको रौनक छ। यतिबेला बालबालिकादेखि बूढापाकासम्म देउसीभैलोमा झुमिरहेका छन्। गाउँ, टोल र छिमेक भैलीमय बनेको छ। तर देउसीभैलोको मौलिकता भने हरेक वर्ष हराउँदै गएको छ।