SHARE
पर्दाफास · शुक्रबार​ २१ कात्िक २०८२ ०४:३२ PM · 1 मिनेट पढाइ

प्राड विवाक जर्नल विमोचन

प्राड विवाक स्थापनाको ६३औँ वार्षिकोत्सवका अवसरमा ‘प्राड विवाक जर्नल २०८२’ को विमोचन गरिएको छ । आज जङ्गीअड्डामा आयोजित कार्यक्रममा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र प्रधानसेनापति महारथी अशोकराज सिग्देलले संयुक्त रूपमा जर्नल विमोचन गरे । कार्यक्रममा सैनिक न्याय प्रणालीको विकासमा योगदान दिने सैनिक विशेष अदालतका पूर्वसदस्य तथा पूर्वरक्षासचिव रामेश्वर दङ्गाल (हाल गृहसचिव)लाई सम्मान गरिएको थियो ।