SHARE
कालिका खबर · शनिबार ६ मंिर २०८२ ०८:३३ AM · 1 मिनेट पढाइ

मार्क वाटको शतकमा कर्णालीको सानदार जित

काठमाडौं । मार्क वाटले विष्फोटक ब्याटिङ गर्दै शतक बनाएपछि कर्णाली याक्सले लुम्बिनी लायन्सलाई ९ विकेटले पराजित नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा पहिलो जित हात पारेको छ । लुम्बिनी लायन्सले दिएको १५७ रनको कर्णालीले १२.२ ओभरमा १ विकेट गुमाएर पूरा गरेको हो । कर्णालीका लागि ओपनर मार्क वाटले अविजित रहँदै ११४ रन बनाए । उनले ४४ बल खेल्दै ६ चाैका र १२ छक्का प्रहार गरे । उनले बाउण्ड्रीबाटै ९६ रन जोडेका थिए । यस्तै विलियम बोसिस्टोले २० बलमा अविजित २९ रन बनाए ।