मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन
मुस्ताङ । यहाँको नेपाल–चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ–२ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले रु चार अर्ब ४१ करोड राजस्व सङ्कलन गरेको छ । बाढीपहिरो र नदी कटानका कारण गत असार र भदौमा रसुवागढी नाका र तातोपानी नाका अवरुद्ध भएपछि कोरला नाका पूर्णरूपमा सञ्चालनमा आएसँगै यहाँको भन्सार कार्यालयको राजस्व सङ्कलनमा नयाँ उभार आएको हो ।
