पहिरो पन्छाइएपछि नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा
चितवन । चितवनको नारायणगढ–मुग्लिन सडकमा खसेको पहिरो पन्छाइएपछि सडक आज दिउँसो ३ः१५ बजेदेखि पूर्ण रूपमा दुईतर्फी सञ्चालनमा आएको छ। आज बिहान १७ किलो र सिमलताल नजिक लेदो तथा ढुङ्गासहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो। सडक डिभिजन कार्यालय चितवनले तत्काल दुवै स्थानमा पहिरो पन्छाएर एकतर्फी रूपमा सवारी सञ्चालन गराएको थियो।
