‘संसद् राजनीतिको केन्द्र भएकाले विचारको टकराव हुन्छ’
काठमाडौं । सभामुख देवराज घिमिरेले संसद् कार्यपालिका मातहतको कुनै सामान्य सरकारी अड्डा नभइ राज्यको सर्वोच्च निकायको रूपमा रहेको विधायिकी संस्था भएको बताएका छन् । उन्नाइसौँ संसद् सेवा दिवसका अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा सभामुख घिमिरेले संसद् जनताको सार्वभौमसत्ताको मन्दिर र राष्ट्रको भविष्य लेख्ने निकाय रहेको बताए ।
