SHARE
कालिका खबर · बिहीबार २९ माघ २०८२ १२:०८ PM · 1 मिनेट पढाइ

सुडानमा डुङ्गा डुब्दा २१ जनाको मृत्यु

सुडान । उत्तरी सुडानको नाइल नदीमा डुङ्गा डुब्दा कम्तिमा २१ जनाको मृत्यु भएको स्थानीय सरकार तथा प्रत्यक्षदर्शीहरूलाई उदृत गर्दै एएफपीले जनाएको छ । दुर्घटनापछि मृतकको शव बरामद भइसकेको र उनीहरूको नाम सूचीबद्ध गरेको तथा केही यात्रु अझै बेपत्ता रहेको बताइएको छ । स्थानीय सरकारको विज्ञप्तिमा डुङ्गा तैबा अल–खवाद र दिम अल–कराई गाउँहरू बिचको नदी पार गर्दै गर्दा दुर्घटनामा परेको उल्लेख गरिएको छ । यद्दपि, दुर्घटनाको कारण भने उल्लेख गरिएको छैन । प्रत्यक्षदर्शीलाई उदृत गर्दै एएफपीले डुङ्गामा ३० जना सवार रहेको बताएको छ ।