महेश बस्नेतविरुद्धको रिट खारेज
उच्च अदालत पाटनले नेकपा एमालेका सचिव महेश बस्नेतविरुद्ध दायर रिट निवेदन खारेज गर्ने फैसला सुनाएको छ । बस्नेतविरुद्ध जबर्जस्ती करणीको आरोपमा अनुसन्धान नै नभएको दाबी गर्दै एक महिलाले रिट दायर गरेकी थिइन् । उक्त रिट खारेज गर्दै अदालतले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँको निर्णयलाई सदर गरेको हो ।
