SHARE
पर्दाफास · सोमबार ११ साउन २०८३ ०१:५६ PM · 1 मिनेट पढाइ

सुनसरी घटनाको विरोधमा जनकपुरधाममा प्रदर्शन, दोषीमाथि कारबाहीको माग

सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको घटनाको विरोधमा सोमबार मधेश प्रदेशको राजधानी जनकपुरधाममा विरोध प्रदर्शन गरिएको छ । हिन्दूवादी संघसंस्था एवम जनकपुरधामका युवावर्गहरुले रामानन्द चोकमा चक्का जाम गर्नुका साथै नाराबाजी गरेका छन् । उनीहरुले हिन्दू समुदायमाथि लक्ष्ति गरेर भएको कुटपीट तथा गोली चलाइएको विरोधमा नाराबाजी गरेका छन् ।