SHARE
पर्दाफास · सोमबार ११ साउन २०८३ ०१:२३ PM · 1 मिनेट पढाइ

भारतको सहयोगमा दार्चुलामा विद्यालय भवन निर्माण सुरु

भारत सरकारको सहयोगमा दार्चुलामा विद्यालय भवन निर्माण सुरु गरिएको छ । शैल्यशिखर नगरपालिका–९ मा रहेको श्री गोकुलेश्वर माध्यमिक विद्यालयको नयाँ भवनको निर्माण सुरु गरिएको हो । भवनको काठमाडौँस्थित भारतीय राजदूतावासका प्रथम सचिव बशिष्ट नन्दन र शैल्यशिखर नगरपालिकाका मेयर विजय सिंह धामीले संयुक्त रूपमा शिलान्यास गरे ।