SHARE
मकालु खबर · बिहीबार २८ जेठ २०८३ ०८:५६ AM · 1 मिनेट पढाइ

एकपटक प्राप्त मतको आधारमा सरकारले धेरै दम्भ नदेखाओस्- काँग्रेस सांसद पन्त

काठमाडौँ । नेपाली काँग्रेसकी सांसद कमला पन्तले निर्वाचनको मतलाई मात्र राजनीतिक वैधताको आधार मान्न नहुने भन्दै एकपटक प्राप्त मतका आधारमा दम्भ नदेखाउन सरकारलाई चेतावनी दिएकी छन् । राष्ट्रिय सभाको बिहीबारको बैठकमा बोल्दै सांसद पन्तले यस्तो चेतावनी दिएकी हुन् । उनले प्रधानमन्त्रीले सीमाको विषयमा दिएको अभिव्यक्तिको विषयमा प्रधानमन्त्री स्वयंको धारणा आउनुपर्नेमा जोड दिए ।