युद्ध अन्त्यका लागि इरानसँग उच्च तहको वार्ता भएको ट्रम्पको दाबी, इरान भन्छ-ट्रम्पको दाबी भ्रम मात्र हो
काठमाण्डु – अमेरिकका राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि प्रारम्भिक सहमति भएको दाबी गरेका छन्। उनले इरानमाथि गर्ने भनिएको सैन्य आक्रमणको योजना रद्द गरेलगत्तै यस्तो घोषणा गरेका हुन्। बिहीबार राति इरानविरुद्ध तय गरिएको प्रस्तावित हवाई तथा बमबारी आक्रमण रद्द गरिएको ट्रम्पको दाबी छ ।
