भक्तपुरमा ‘द फर्स्ट २१० एक्सपिरियन्स’ सम्पन्न, हिरो एक्सपल्स २१० को अफ–रोड क्षमता प्रत्यक्ष अनुभव
भक्तपुर। सिजी मोटर्स प्रालि, नेपालका लागि हिरो मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेताले बहुप्रतिक्षित एड्भेन्चर मोटरसाइकल हिरो एक्सपल्स २१० केन्द्रित विशेष प्रयोगात्मक कार्यक्रम “द फर्स्ट २१० एक्सपिरियन्स” सफलतापूर्वक सम्पन्न गरेको छ। भक्तपुरको सल्लाघारी मैदानमा शनिबार बिहान ९ बजेदेखि सुरु भएको उक्त कार्यक्रममा एड्भेन्चर प्रेमी, मोटरसाइकल राइडर, सञ्चारकर्मी तथा कन्टेन्ट क्रिएटरहरूको उत्साहजनक सहभागिता रहेको थियो। प्रविधिमैत्री र भरपर्दो मोबिलिटी समाधान उपलब्ध गराउँदै आएको सिजी मोटर्स–हिरोले कार्यक्रममार्फत सहभागीहरूलाई रोमाञ्चक अफ–रोड राइडिङ अनुभव प्रदान गरेको जनाएको छ।
