दक्षिण एसियाली स्ट्रीट डिफेन्स प्रतियोगिता आज देखि काठमाडौंमा शुरु
काठमाडौं । नेपाल जित कुन डो मार्सल आर्ट एसोसिएसनको आयोजनामा आज जुन १४, २०२६ मा “साउथ एसियन इन्भिटेसन एसडीटी (Street Defense Tournament)” राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा आयोजना भएको हो। त्रिपुरेश्वरस्थित राखेपको कर्भडहलमा जुन १४ र १५ मा संचालन हुनेछ। उक्त अन्तर्राष्ट्रिय प्रतियोगितामा दक्षिण एसियाका चार राष्ट्र नेपाल, भारत, बंगलादेश र अफगानिस्तान लगायतका पचास खेलाडीहरूको सहभागिता रहने आयोजकले जनाएको छ। प्रतियोगितामार्फत स्ट्रीट डिफेन्स तथा आत्मरक्षा कलाको प्रवर्द्धन गर्नुका साथै दक्षिण एसियाली मुलुकबीच खेलकुद तथा सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्य राखिएको छ।
