युवतीलाई खुकुरी देखाएर कुटपिट गर्ने पक्राउ
दाङको तुलसीपुरमा एक युवतीलाई खुकुरी देखाएर दुर्व्यवहार तथा कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि एक युवक पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय तुलसीपुरले तुलसीपुर उपमहानगरपालिका–२ भंके निवासी २४ वर्षीय रमेश ठाडा मगरलाई पक्राउ गरेको हो।
