उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिकाले उखु र बेसारखेतीको व्यावसायिक प्रवद्र्धनलाई प्राथमिकतामा राख्दै उत्पादन वृद्धि तथा किसानको आयआर्जन बढाउने अभियानलाई तीव्रता दिएको छ । गाउँपालिकाले स्थानीयस्तरमा रहेका सम्भावनाको अध्ययन गरी नगदे बालीका रूपमा उखु र बेसारखेती विस्तारमा विशेष जोड दिएको हो ।
