मुग्लिन-नारायणगढ सडकमा राति गाडी चलाउन नपाइने
काठमाडौं । लगातार सुक्खा पहिरो खस्न गई बाटो अवरुद्ध हुन थालेपछि स्थानीय प्रशासनले मुग्लिन-नारायणगढ सडकखण्डमा रातिको समयमा गाडी चलाउन रोक लगाइएको छ । मंगलबार राति ८ बजेदेखि बुधबार बिहान ५ बजेसम्मका लागि नारायणगढ-मुग्लिन सडकमा सबै प्रकृतिका सवारीसाधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।
