हिलाम्मे खेतमा रोपिएका सुनौला सपना (तस्बिरहरू)
काठमाडौं । जब काठमाडौंको व्यस्त कोलाहल सकिन्छ र शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको फेदीमा सुन्दरीजलको पहिलो झरना सुसाइरहेको सुनिन्छ, त्यहाँ प्रकृति एउटा पवित्र मन्दिर जस्तो देखिन्छ । वागमती नदी यहाँ जति कञ्चन र निर्मल बग्छिन्, त्यति नै निर्मल र कञ्चन छ यस क्षेत्रका किसानको मन ।
