SHARE
मकालु खबर · आइबार​ १४ असार २०८३ ०५:४८ AM · 1 मिनेट पढाइ

‘मौरिस हर्जोग’ पदमार्गको हुमखोलामा झोलुङ्गे पुल निर्माण

म्याग्दी । नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास भएको अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने ‘मौरिस हर्जोग’ पदमार्गअन्र्तगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ स्थित हुमखोलामा झोलुङ्गे पुल निर्माण भएको छ । अन्नपूर्ण गाउँपालिकाले निर्माण गरेको ५७ मिटर लामो झोलुङ्गे पुलबाट स्थानीयका साथै मौरिस हर्जोग पदमार्ग भ्रमणमा आउने पर्यटक लाभान्वित भएका छन् ।