पाकिस्तानको कराँचीमा आतंककारी आक्रमणः तीन सुरक्षाकर्मीसहित सात जनाको मृत्यु
एजेन्सी । पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराँचीस्थित अर्धसैनिक बल रेन्जर्सको मुख्यालयमा भएको आतंककारी आक्रमणमा परी तीन सुरक्षाकर्मी र चार आक्रमणकारीको मृत्यु भएको छ । सिन्ध प्रान्तका प्रहरी महानिरीक्षक जाबेद आलम ओधोकाअनुसार स्थानीय समयअनुसार राति करिव ८ः१० बजे कराँचीको गुलिस्तान–ए–जौहर क्षेत्रमा रहेको रेन्जर्सको भवनलाई लक्षित गरी उक्त हमला भएको हो ।
