SHARE
लोक पथ · आइबार​ ८ भौ २०८२ ११:०३ AM · 1 मिनेट पढाइ

कुल विदेशी विनिमय सञ्चिति २७ खर्ब नजिक, ३१ प्रतिशतले वृद्धि

काठमाडौं । नेपालको कुल विदेशी विनिमय सञ्चिति करिब २७ खर्ब नजिक पुगेको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक अवस्था सम्बन्धी प्रतिवेदनअनुसार २०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड रहेको सञ्चिति ३१.२ प्रतिशतले वृद्धि भई २०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड पुगेको हो ।