तीजको दिन पशुपतिनाथका ४ वटै ढोका खुला, दर्शन र सुरक्षाका लागि यस्तो छ व्यवस्था
काठमाडौं । हरितालिका तीजका अवसरमा पशुपति क्षेत्र विकास कोषले भक्तजनलाई सहज ढंगले दर्शन गर्न सकिने व्यवस्था मिलाएको छ । कोषले तीजका दिनको व्यवस्थाबारे ११ बुँदे चरण सार्वजनिक गर्दै पशुपति मन्दिरमा चारै ढोकाबाट प्रवेश निर्गमन गर्ने व्यवस्था गरेको जनाएको छ ।
