SHARE
लोक पथ · आइबार​ ८ भौ २०८२ १०:३९ AM · 1 मिनेट पढाइ

गगनको दाबी– ‘दक्षिण एशियामै नेपालमा मात्रै समयमै निर्वाचन हुन्छ र फेयर पनि छ’

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आवधिक निर्वाचन समयमै गर्ने कुरामा कसैले दायाँबायाँ गर्न नसक्ने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताए । उनले दक्षिण एशियाका धेरै देशहरुमा आवधिक निर्वाचन समयमै नहुने बताए । उनले समयमै आवधिक निर्वाचन हुने कुरालाई नेपालमा कसैले हल्लाउन नसक्ने उनको भनाइ छ ।