त्रिभुवन विश्वविद्यालयमा द्वन्द्व अन्त्य गर्न गृहमन्त्री लेखकको आग्रह
काठमाडौं । गृहमन्त्री रमेश लेखकले त्रिभुवन विश्वविद्यालयमा भइरहेको द्वन्द्व अन्त्य गर्न आग्रह गरेका छन् । आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले विश्वविद्यालयमा देखिएको द्वन्द्व नियन्त्रण गर्न गृह मन्त्रालयलाई प्रवेश गर्नुपर्ने स्थिति आएको बताएका छन् । उनले प्राध्यापकहरूको सुरक्षाका लागि पिएसओ खटाइएको जानकारी दिँदै, त्यस पिएसओ फिर्ता गर्न सक्ने वातावरण बनाउन पनि अनुरोध गरे ।
