नेपाल लाइफद्वारा राउन्ड टेबल नेपालसँगको सहकार्यमा सगरमाथाबाट ५ हजार किलो फोहोर संकलन
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले राउन्ड टेबल नेपालसँगको सहकार्यमा प्रोजेक्ट केयर अभियान अन्तर्गत सगरमाथामा थुप्रिएका ५,००० किलोग्राम फोहोर संकलन गरेको छ । नेपाल लाइफ इन्स्योरेन्सको केन्द्रीय कार्यालय कमलादीमा आयोजित एक विशेष समारोहबिच राउन्ड टेबल नेपालका अध्यक्ष प्रवेश अग्रवालले फोहोर संकलन सम्बन्धि प्रतिवेदन कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीलाई हस्तान्तरण गरेका थिए ।
