भारतको सर्वोच्च अदालतको आदेश : आवारा कुकुरलाई नसबन्दी र खोपपछि मात्र सडकमा छोडिने
काठमाडौं । भारतको सर्वोच्च अदालतले दिल्ली र आसपासका क्षेत्रमा रहेका आवारा कुकुरबारे आफ्नो अघिल्लो आदेश संशोधन गरेको छ । पहिलेको आदेश अत्यधिक कठोर भएको स्वीकार गर्दै अदालतले अब सडकमा भेटिएका आवारा कुकुरलाई समातेर नसबन्दी र खोप लगाइसकेपछि मात्र छोड्न निर्देशन दिएको हो ।
