SHARE
लोक पथ · आइबार​ ८ भौ २०८२ ०८:३४ AM · 1 मिनेट पढाइ

ताप्लेजुङमा वडाध्यक्षमाथि कुटपिट, योगेशले गृहमन्त्रीलाई लेखे कारबाहीको पत्र

काठमाडौं । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–२ फूलबारीका वडाध्यक्ष टेकेन्द्र सेन्दाङमाथि कुटपिट भएको छ । ताप्लेजुङ जिल्ला कमिटी सदस्य समेत रहेका सेन्दाङमाथि शनिबार हातपात भएको भन्दै सांसद योगेशकुमार भट्टराईले कारबाहीको माग गरेका छन् । आफ्नो गृहजिल्ला र निर्वाचन क्षेत्रका वडाध्यक्ष तथा पार्टी जिल्ला नेतामाथि कुटपिट भएको भन्दै भट्टराईले गृहमन्त्रीलाई पत्र लेख्दै कारबाहीको माग गरेका हुन् ।