एमसीसीबारे विप्लवको टिप्पणी : ‘अमेरिकी उपनिवेशवादी दबाबको सामु सरकारले घुँडा टेक्यो’
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनाबारे सरकार अमेरिकी उपनिवेशवादी दबाबको सामना गर्न नसकेको आरोप लगाएका छन् । आइतबार काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले संसदबाट एमसीसी अनुमोदन गर्नु सरकारको आत्मसमर्पणवादी कदम भएको टिप्पणी गरे ।
