SHARE
कालिका खबर · आइबार​ २८ असार २०८३ ०२:३५ PM · 1 मिनेट पढाइ

युवा विरोधी नीति र जरिवाना आतंक बन्द गर्न कमन जेन–जी नेपालको सरकारलाई अल्टिमेटम

काठमाडौं । कमन जेन–जी नेपाल’ ले प्रधानमन्त्री वालेन्द्र शाह (वालेन) सरकारका गतिविधिहरू जनविरोधी र निरंकुश बन्दै गएको आरोप लगाउँदै तत्काल आफ्ना क्रियाकलाप नसच्याए देशव्यापी सडक आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । कमन जेन–जी नेपालले आज (शनिबार) प्रेस विज्ञप्ति जारी गर्दै सरकारको १०० दिने कार्यकालको समीक्षा र हालै घटेका घटनाहरूमाथि आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।