SHARE
कालिका खबर · आइबार​ २८ असार २०८३ ०२:३० PM · 1 मिनेट पढाइ

रास्वपा भित्र तीव्र विवादः टिकट नपाए अर्कै दललाई जिताउने सांसद रविन्द्र पटेलको चेतावनी

रौतहट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रौतहटको कटहरिया नगरपालिकामा आगामी निर्वाचनका लागि उम्मेदवार छनोटको विषयलाई लिएर आन्तरिक विवाद चर्किएको छ । रास्वपा कटहरिया नगरपालिकाका नगर सभापति भिखारी पण्डितले पार्टीले आफूहरूले भनेबमोजिम टिकट नदिए चुनावमा अर्को दललाई जिताउन लाग्ने खुला चेतावनी दिएका छन् । रास्वपा रौतहट–३ का सांसद रविन्द्र पटेलको निर्देशनमा उम्मेदवारहरूको नाम टुंगो लगाइएको छ । नगर सभापति पण्डितद्वारा हस्ताक्षरित एक पत्र सार्वजनिक भएसँगै रास्वपाभित्रको यो विवाद सडकमा आएको हो ।