SHARE
कालिका खबर · सोमबार २९ असार २०८३ ०३:५७ AM · 1 मिनेट पढाइ

कर्णालीमा विद्युत सेवा थप प्रभावकारी बनाउन आवश्यक यान्त्रिक क्रेन पठाउने निर्णय

काठमाडौं । सरकारले कर्णालीमा विद्युत आपूर्तिमा भइरहेको अवरोधलाई समाधान गर्न यान्त्रिक क्रेन पठाउने निर्णय गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको पहलमा कर्णाली प्रदेशमा लाइन ट्रिपिङका कारण पटक–पटक विद्युत अवरोध हुने समस्या र मर्मत कार्यका लागि आवश्यक यान्त्रिक क्रेन पठाउने निर्णय भएको मन्त्रालयले जनाएको छ । मन्त्री श्रेष्ठ दुई साताअघि तीन प्रदेशका पाँच जिल्लाको स्थलगत अनुगमनमा जाँदा सुर्खेत लगायत कर्णाली प्रदेशमा लाइन ट्रिपिङका कारण पटक–पटक विद्युत अवरोध हुने समस्या र मर्मत कार्यका लागि आवश्यक यान्त्रिक क्रेनको अभावबारे जानकारी प्राप्त भएको थियो ।