SHARE
कालिका खबर · सोमबार २९ असार २०८३ ०३:३७ AM · 1 मिनेट पढाइ

भानुभक्तको योगदान अतुलनीय र ऐतिहासिक: मुख्यमन्त्री पाण्डे

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा, साहित्य र संस्कृतिको विकास तथा राष्ट्रिय एकताको सुदृढीकरणमा पुऱ्याएको योगदान अतुलनीय र ऐतिहासिक रहेको बताएका छन्। २१३औँ भानु जयन्तीका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यस्तो धारणा राखेका हुन्। मुख्यमन्त्री पाण्डेका अनुसार भानुभक्तले नेपाली भाषामा अनुवाद गरेको रामायणसहित भक्तमाला, वधूशिक्षा, रामगीता लगायतका कृतिहरूले नेपाली भाषालाई समृद्ध बनाएका छन्। यी कृतिहरूले विभिन्न भूगोल, समुदाय र संस्कृतिलाई भाषिक सूत्रमा आबद्ध गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उनले उल्लेख गरे।