टीभीएसको दोस्रो ईभी स्कुटर ‘अर्बिटर’ नेपाल आउँदै, परीक्षण सुरु
काठमाडौँ । नेपालको विद्युतीय सवारी (ईभी) बजारमा प्रतिस्पर्धा थप चर्किने भएको छ। टीभीएसको दोस्रो इलेक्ट्रिक स्कुटर ‘अर्बिटर’ नेपाली बजारमा ल्याउने तयारी तीव्र पारिएको छ। नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले नयाँ स्कुटरलाई नेपाली सडकमा उतार्न आन्तरिक तयारीसँगै विभिन्न स्थानमा परीक्षण सुरु गरेको स्रोतले जनाएको छ। हाल कम्पनीले स्कुटर नेपाली सडक, भौगोलिक अवस्था तथा प्रयोगकर्ताको आवश्यकताअनुसार उपयुक्त हुने–नहुने विषयमा परीक्षण गरिरहेको छ। यद्यपि, यसको औपचारिक सार्वजनिक मिति भने कम्पनीले घोषणा गरेको छैन।
