SHARE
कालिका खबर · मङगलबार ३० असार २०८३ ०६:५३ AM · 1 मिनेट पढाइ

प्रश्न गर्नु अपराध ठान्ने शासन व्यवस्था अन्ततः पतन हुन्छ : सांसद राई

काठमाडौं । नेपाली कांग्रेसका सांसद निश्कल राईले वर्तमान सरकारमाथि निरंकुश बन्दै गएको आरोप लगाएका छन्। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकारलाई नागरिकको प्रश्न सुन्न र संविधानको सीमाभित्र रहेर काम गर्न आग्रह गरे। सांसद राईले भागवत पुराणको हिरण्यकश्यप र प्रह्लादको प्रसंग उल्लेख गर्दै प्रश्न गर्ने अधिकारमाथि रोक लगाउने प्रवृत्ति लोकतन्त्रका लागि खतरनाक भएको बताए। उनले प्रश्न गर्नु अपराध ठान्ने शासन व्यवस्था अन्ततः पतन हुने दाबी गरे। ‘हिरण्यकश्यप आफूलाई सर्वशक्तिमान् ठान्थे। उनको राज्यमा उनीबाहेक अरू कसैलाई ईश्वर मान्न पाइँदैनथ्यो। जब छोरा प्रह्लादले प्रश्न गरे, सत्य बोले, त्यो नै अपराध ठहरियो,’ उनले भने।