क्रसफायरले नेपालमा LETBE Flygon 220 मोटरसाइकल सार्वजनिक, दुई भेरियन्टमा उपलब्ध
काठमाडौं । क्रसफायर नेपालले तबेला नेपालमा आयोजित विशेष कार्यक्रममार्फत नयाँ ब्रान्ड LETBE को औपचारिक सुरुवात गर्दै LETBE Flygon 220 मोटरसाइकल सार्वजनिक गरेको छ। कम्पनीले यसलाई Flygon 220 City र Flygon 220 Hills गरी दुई भेरियन्टमा बजारमा ल्याएको हो। दैनिक आवागमन, टुरिङ तथा हल्का अफ–रोड यात्रालाई लक्षित गरी विकसित गरिएको यो मोटरसाइकलले राइडरलाई आफ्नो आवश्यकता अनुसार उपयुक्त भेरियन्ट छनोट गर्ने सुविधा प्रदान गर्ने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार “Mechanical Companion” अवधारणामा आधारित Flygon 220 लाई Cross-Terrain Motorcycle का रूपमा विकास गरिएको हो।
