SHARE
कालिका खबर · मङगलबार ३० असार २०८३ ०८:०० AM · 1 मिनेट पढाइ

सुकुम्वासी समस्या तत्काल समाधान गर्न सांसदहरूको माग

काठमाडौँ : प्रतिनिधि सभाका सांसदहरूले सुकुम्वासीका समस्या तत्काल सम्बोधन गरी उचित व्यवस्थापनको माग गरेका छन् । प्रतिनिधि सभाको बैठक सुरु हुनासाथ प्रतिपक्षी दलका सांसदहरूले आसनबाट उठेर विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले बोल्न समय दिँदा सुकुम्वासी समस्या समाधानसहित समसामयिक विषयमा भनाइ राखेका हुन् । सांसद गणेशसिंह ठगुन्नाले सुकुम्वासीको समस्या बेलैमा सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए । साथै उनले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले केही समयअघि सदनमा सीमा सम्बन्धमा दिएको अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन माग गरे ।