कोरियाले वधशालामा पहिलो पटक विदेशी दक्ष जनशक्ति लैजाँदै, नेपालीका लागि कस्तो छ सम्भावना ?
दक्षिण कोरियाले वधशालामा पहिलो पटक विदेशी दक्ष जनशक्ति परिचालन गर्ने भएको छ। दीर्घकालीन श्रमिक अभाव रहेको वधशालामा विदेशी श्रमिक भित्र्याउन लागेको हो। कोरियाको कानुन मन्त्रालयले सामान्य दक्ष कामदार (ई-७-३) भिसामा मासु काट्ने कम्पनीहरूमा नयाँ नियम लागु गर्दै सिधै विदेशी कामदार राख्न मिल्ने गरी प्रयोगात्मक रूपमा पहिलो पटक विदेशी कामदार भित्र्याउन लागेको जानकारी दिएको छ। यदि यो प्रयोग सफल भएमा यसको मागमा वृद्धि हुन सक्नेछ। यसमा नेपाली जान पाउने सम्भावना पनि उच्च छ।
