SHARE
अन्नपूर्ण · मङगलबार ३० असार २०८३ ०४:०० PM · 1 मिनेट पढाइ

बागमतीमा पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता थालियो

काठमाडौं : बागमती प्रदेशमा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच वटा समस्याग्रस्त बचत तथा ऋण सहकारी संस्थाका साना बचतकर्ताको बचत फिर्ता गर्न सुरु गरेको छ । मंगलबार ललितपुरमा आयोजित एक कार्यक्रमकाबीच बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बचत फिर्ता शुभारम्भ गरेका हुन् ।