SHARE
अन्नपूर्ण · मङगलबार ३० असार २०८३ ०४:०० PM · 1 मिनेट पढाइ

सेयर बजारमा सामान्य अंकको सुधार, कारोबार रकम पनि बढ्यो

काठमाडौं : साताको दोस्रो दिन मंगलबार सेयर बजार सामान्य अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक ६.११ अंकले बढेर २५७६.२९ विन्दुमा अडिएको छ।यसदिन ३८३ वटा स्क्रिप्सको १ करोड ८२ लाख ९३ हजार ५२६ कित्ता सेयर ८ अर्ब ४१ करोड ७५ लाख २८ हजार ४३२ रुपैयाँमा खरिदबिक्री भए।अघिल्लो दिन नेप्से परिसूचक ३०.६० अंकले घटेर २५७०.१८ विन्दुमा पुगेको थियो। सो दिन ७ अर्ब ४६ करोड मूल्य बराबरको कारोबार भएको थियो।  यसदिन ऋणपत्रहरूको कारोबार रकम वृद्धि भएको छ।