SHARE
अन्नपूर्ण · मङगलबार ३० असार २०८३ ०४:०० PM · 1 मिनेट पढाइ

बाख्रा चराउन गएका रावत सुर्खेतको भेरी किनारमा मृत भेटिए

जाजरकोट : जाजरकोटका एक पुरुषको शव सुर्खेतस्थित भेरी नदी किनारमा भेटिएको छ । जाजरकोटको जुनिचाँदे गाउँपालिका–१ बस्ने वर्ष ४५ का कर्णबहादुर रावतको शव सुर्खेतको गुर्भाकोट नगरपालिका–११ बर्माघाटस्थित भेरी नदी किनारमा भेटिएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता कविन्द्रसिं बोहोराका अनुसार सोमबार बेलुका स्थानीयले टेलिफोनमार्फत जानकारी गराएपछि प्रहरी चौकी मेहलकुनाबाट प्रहरी नायव निरीक्षक मनिष गुरुङको कमान्डमा प्रहरी टोली घटनास्थल खटिएको थियो ।