SHARE
अन्नपूर्ण · मङगलबार ३० असार २०८३ ०४:०० PM · 1 मिनेट पढाइ

निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने सरकारको निर्णय सर्वोच्चद्वारा बदर

काठमाडौं : सर्वोच्च अदालतले निजी क्षेत्रका सञ्चारमाध्यमलाई सरकारी विज्ञापन निषेध गर्ने सरकारको निर्णय खारेज गरिदिएको छ।सर्वोच्च अदालतका न्यायाधीश शारंगा सुवेदी र नृपध्व निरौलाको संयुक्त इजलासले उक्त निर्णय खारेज गरेको हो।सरकारले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय गरेपछि नेपाल मिडिया सोसाइटीको अख्तियार प्राप्त अधिवक्ता अनन्तराज लुइटेलले २०८२ साल चैत्र २३ गते अदालतमा मुद्दा दायर गरेका थिए।