SHARE
अन्नपूर्ण · मङगलबार ३० असार २०८३ ०४:०० PM · 1 मिनेट पढाइ

लामो समयदेखि अनुपस्थित सहसचिवलाई सरकारी सेवाबाट हटाउन सिफारिस

काठमाडौं : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका एक कर्मचारीसँग स्पष्टीकरण माग गरेको छ। मन्त्रालयले सूचना जारी गर्दै ९० दिन भन्दा बढी कार्यालयमा अनुपस्थित रहेका सहसचिव पदमा कार्यरत १ कर्मचारीमाथि कानुनी प्रक्रिया अघि बढाएको हो।मन्त्रालयले उनलाई विभिन्न माध्यमबाट सम्पर्क गर्न प्रयास गर्दा पनि सम्पर्कमा नआएको र कुनै जानकारीसमेत प्राप्त नभएको जनाएको छ। उनी २०८२ माघ ११ गतेदेखि कार्यालयमा अनुपस्थित छन्।